सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर नै रहँदै तोलाका १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमै किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *