

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसै नेपाली कांग्रेसबाट वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य पुरुषोत्तम बस्नेतको निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल