नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई आगामी ४ वर्षको लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएकोमा सरकारले यिनीहरु मध्येबाट हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्षको लागि जम्मा १५ जनाको आवेदन परेको थियो ।
आवेदन दिनेमा अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि,डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी र हेमन्त बस्याल रहेका थिए। करिब ५ महिनादेखि बोर्ड नेतृत्त्व बिहिन रहेको थियो।




