

आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्सेमा १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन ३.५२ अंकले घटेर ३४९.५९ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९० करोड ५६ लाख बराबरको कारोबार भएको छ।
कुल १३ उपसमुहमध्ये एक वटा सूचक बढेको छ । बाँकी १२ वटा सूचकमा रातो पोतिएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज पाँच करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अर्थ सन्जाल