सुनचाँदीको मूल्य आज स्थिर

साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ नै कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलमा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन  प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *