

साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ नै कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलमा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल