


मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा मोदी इनर्जीको आईपीओ बाँडफाँट भएको हो। आईपीओ बाँडफाँट कार्यक्रम बिहान साढे १० बजे राखिएको छ।
नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो।
कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो।
यो आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख २९ हजार ७४१ आवेदकबाट परेको १ करोड ३४ लाख १ हजार ८० कित्ता सदर भएको छ भने ६ हजार ५२८ आवेदकबाट परेको १ लाख २ हजार ९५० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा सदर आवेदनमध्ये भाग्यमानी ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
https://www.sunrisecapital.com.np/
https://meroshare.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np/

अर्थ सन्जाल