नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोष सञ्चालन समितिको वैशाख २९ गते शुक्रबार बसेको बैठकको निर्णयले लाभांश प्रस्ताव गरेको हो ।
निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफामध्येबाट कोषका सेयरधनीलाई २५ प्रतिशत बोनबर सेयर तथा उकत सेयमरा लाग्ने कर प्रयोजनका निमित्त नगद लाभांश १.३१५८ प्रतिशत गरी जम्ममा २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।




