सेयर बजारको ओरालो यात्रामा निरन्तरता, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार झिनो अंकले घटेको हो । यस साता कारोबार अवधिभर एक दिन मात्र बजार उकालो लागेको छ । पछिल्लो समय लगानीकर्ताले आफ्नो मनोबल बलियो पार्न सकेका छैन । उनीहरु पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले ओरालो लागेर १८३८.५९ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अङ्कले ओरालो लागेर ३५३.०९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता सेयर ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ रुपैयाँमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको संस्थापक सेयर रु दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट एक करोड ८० लाख ३७ हजार सात सय ५२ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरएक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको रु एक करोड ६८ लाख ७८ हजार सात सय पाँच रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ६.१०, सिटिजन म्युचुअल फण्ड पहिलो ५.८९, मनकामना स्मार्ट लघुवित्त ५.७१, इस्र्टन हाइड्रोपावर ५.६६ र कुमारी इक्विटी फण्डको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स ५.९९, बाराही हाइड्रोपावर ५.५२, एशियन हाइड्रोपावर पाँच दशमलब ५२, बलेफी हाइड्रोपावर ४.३५ र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *