अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश

  • अर्थ सन्जाल
  • २८ बैशाख २०८०, बिहीबार १३:२३


बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध सङ्कलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो ।
मन्त्रालयका सचिव डा. शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुई/दुई जोन बनेका छन् भने ललितपुरमा एउटा बनेको छ ।

आगामी आवमा यो सङ्ख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन वृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक ढङ्गबाट गोठ सुधारका कार्यक्रम गरिँदैछ ।जोनभित्र दूध कम आएका पशुलाई सुधार गर्न गाईभैँसी पुनःस्थापना केन्द्रसमेत बनाइँदैछ । ती पशुलाई उपचार गरेर पूर्ववत् अवस्थामा फर्काइ पुनःकिसानलाई दिइनेछ । चालु आवमा ढिलो गरी कार्यक्रम सुरु भएकाले रु एक करोड हाराहारी खर्च गरिँदै छ भने आउँदो वर्ष जोन थप्ने गरी बजेट विनियोजन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

पाण्डेका अनुसार नेपालमा वार्षिक २५ लाख मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये बागमती प्रदेशमा छ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । एक जनालाई वार्षिक ९१ लिटर दूध आवश्यकपर्ने तथ्याङ्क छ । आत्मनिर्भर हुनेगरी दूध उत्पादन गर्न जोनको अवधारणा ल्याइएको उनले बताए ।

जोनका लागि दूध नपुगेको अवस्थामा दूध बढाउने अन्य कार्यक्रम लगेर जोनमा परिणत गर्ने गरी प्रदेशले कार्यक्रम अघि सारेको उनले बताए । जोनभित्र एक/दुई पशु पाल्नेलाई एकीकृत गरी एकै ठाउँमा एकै व्यक्तिले हेर्नेगरी कम लागतमा दूध उत्पादन गर्न उत्प्रेरणासमेत यसै कार्यक्रममार्फत गरिँदैछ ।

जोनभित्रका दक्ष र अनुभवी कृषक तथा साना किसानलाई सीप आदानप्रदान गर्नेगरी कार्यक्रम अघि सारिएको छ । अनुभवी किसानको फार्मलाई लाइभस्टक इपिसेन्टरका रुपमा विकास गर्ने योजना बनाइएको उनले बताए । दूध जोनलाई विस्तार गर्दै लगेर समग्र प्रदेशलाई दूध उत्पादनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । पाण्डेले भने, “किसान र हामी सँगसँगै दूध उत्पादन वृद्धि गर्न लाग्ने गरी जोनको विकास गर्दैछौँ ।”

मन्त्रालयद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण गरिएको हो । चितवनका भरतपुर महानगरपालिकाका आठ र रत्ननगर नगरपालिकाका ११ गरी १९ वडालाई दूध जोन निर्धारण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीका अनुसार भरतपुरका वडा नं १३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन निर्धारण गरिएको छ । रत्ननगरका वडा नं ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ लाई दूध जोन क्षेत्र तोकिएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन वृद्धिमा सघाउने बताए । उनले किसानले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको जनाउँदै यो कार्यक्रम प्रभावकारी हुने बताए । उनले भने, “यो हाम्रो माग हो, यसले परिणाम दिन्छ, जुन विधि अपनाइएको छ, यो अत्यन्त राम्रो छ ।”
दूध उत्पादन वृद्धिका लागि महत्वपूर्ण हुने जनाउँदै उनले यसले साना किसानलाई व्यावसायिक बनाउन प्रेरणा दिने बताए । यो कार्यक्रमसँगै बाच्छी हुर्काउने कार्यक्रम थप गर्न आफूहरुले माग गरेको उनले बताए । उनले भने, “बाच्छी हुर्काउने कार्यक्रम भयो भने भारतबाट गाई आयात गर्नु पर्दैन ।”
प्राविधिकको प्रत्यक्ष निगरानीमा जोन कार्यक्रम सञ्चालन भइरहेको भन्दै उनले यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यो कार्यक्रमसँगै उत्पादन बढ्ने अपेक्षा किसानको छ ।

Artha Sanjal
मिती : २८ बैशाख २०८०, बिहीबार १३:२३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.