नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा स्थापना

नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ ।

बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए ।
ललितपुर महानगरपालिकाबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने उनले प्रतिबद्धता जनाए ।

ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए ।

देशभरका २२८ शाखा, २०३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत नेपाल बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *