एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो ।
जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्धारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआईडीसीएल० तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।
एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह(वित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने जनाइएको छ । बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोनमेन्टल एण्ड सोसियल रिक्स म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।