युनिक नेपाल लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ)लाई अनुमति दिएको छ।

युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशनको अनुमति पाएको छ।

युनिक नेपाल लघुवित्तले २०७८ चैत २१ गते एफपीओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको थियो । निवेदन दिएको १३ महिनापछि युनिक नेपालले एफपीओ जारी गर्ने अनुमति पाएको हो।

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *