


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाको खद नाफा ३.२० प्रतिशतले बढेर २७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले २६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३.५४ प्रतिशतले बढेर ४६ करोड २९ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४४ करोड ७० लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ३.२४ प्रतिशतले बढेर ३९ करोड २० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ३७ करोड ९७ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ०.७४ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ०.०६ प्रतिशत थियो। चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाको
जगेडा कोषमा १ अर्ब ५६ करोड रुपैयाँ सञ्चित छ ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.५७ रुपैयाँबाट घटेर २३.४० रुपैयाँमा झरेको छ। पीई रेसियो २९.६५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२९.४१ रुपैयाँ रहेको छ।

अर्थ सन्जाल