

काठमाडौं । युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको १०० अंकित दरका कुल ३६ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने भएको हो ।
युनिटेक हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्यले हस्ताक्षर गरेका छन्।
युनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको साबिक फावाखोला, तिरिङ्गे र सिकैचा गाविसमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणाधीन रहेको छ। अहिलेसम्म यो आयोजनाको ९० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

अर्थ सन्जाल