

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधिसभामा पेश गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने रोजगारीको अवसर बढाउने सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको पपरिचालनमा प्रभावकारीता कायम गर्नेतर्फ लक्षित हुने बताए ।
खर्चको आवश्यक र उपयोगितालाई ख्याल गर्दै बजेटलाई चुस्त र दुरुस्त बनाइने उनले बताए । राजस्वको स्रोत खुम्चिएको अवस्थामा सरकार राजस्वको वृद्धिसँगै बजेटको अधिकतम उपयोगितामा केन्द्रित हुने उनले बताए ।
Artha Sanjal

अर्थ सन्जाल