

संसदमा नेकपा एमालको सांसद रघुजी पन्तले नागरिकता विद्येयक त्यतिकै पुन प्रमाणिकरण गर्न नहुने बताएका छन् । उनले पूर्व राष्ट्रपतिले प्रमाणिकरण नगरिदिएको विद्येयक फेरि संसदमा ल्याएर छलफल गरेर पारित गर्नुपर्ने बताए ।
उनले भने, ‘कानून बनाउने अधिकार यो संसदको हो । नागरिकता विद्येयक नागरिकता स्वीकृत गराएर जारी गर्ने षड्यन्त्र हुँदै आएको भन्ने सुनिएको छ । नगरिकता विद्येयक हिउँदे अधिवेशनमा किन नल्याएको ?’ उनले नागरिकता विद्येयक संसदमा छलफलमा ल्याउन जोडदार माग गरेका छन् । उनले एमालेले पनि नागरिकता विद्येयक पास गर्न सहयोग गर्ने बताए ।
Artha Sanjal

अर्थ सन्जाल