


काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले मनकामना अस्पताल भरतपुरमा छुट पाउने छन् । दुई संस्थाबीच मर्चेन्ट सम्झौता सम्पन्न भएसंगै बैंकका ग्राहक र कर्मचारीले अस्पतालमा छुट पाउने भएका हुन् ।
बैंकका अनुसार अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा ग्राहकले आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहकरुले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्धहरुले विशेष लाभ लिने विश्वास बैंकले लिएको जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल