सनराइज बैंकद्वारा २ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।

सोही क्रममा बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरमा १०१ औँ र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। ती शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ।

बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। ती शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, १६२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *