पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्द पक्राउ पूर्जी जारी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

यसअघि प्रहरीले पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो। प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र रायमाझीका बाबुछोराको खोजी भइरहेको जनाएको छ। प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ।

मंगलबार मात्रै प्रहरीले बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्। यही प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *