

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश सेयरधनीको बैंक खातामाजम्मा भएको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत सेयरधनीहरुको खातामा जम्मा गरिदिएको हो ।
एनआईसी एसिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाबाट पारित भएको १४.७५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधि रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। संस्थाको सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल