

एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण पुनः रोकिएको छ । टस हारेर ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर मात्र १०६ रन बनाउँदा खेल रोकिएको हो ।
नेपालको उत्कृष्ट बलिङसामू निरिह बन्दा २७ ओभरमै यूएई ९ विकेट गुमायो । आइसीसीको ओडीआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।
वर्षाका कारण खेल प्रभावित भएर डीएलएस मेथडबाटसमेत निर्णय लिन सकिने अवस्था नरहे नेपाल ओडीआई वरियतामा अघि रहेका कारण स्वतः विजेता बन्ने छ । डीएलएस मेथडबाट निर्णय लिन ओडीआईमा कमसेकम २० ओभरको जवाफी ब्याटिङ गरेको हुनुपर्छ । आजको विजेता टोलीले एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल