तातोपानी नाका दुई तर्फी सञ्चालनमा

सिन्धुपाल्चोकको तातोपानी नाका आज सोमबारदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप दुइतर्फी आयात निर्यात सुरु भएको हो ।

आज बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन् ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबिच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुला भएको हो । तातोपानी नाका मजदुर दिवसमा चीनमा पाँच दिन विदा परेको र नेपालतर्फको अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानव आवतजावतका लागि अझ केही समय लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *