काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा ओर्लिएको छ ।
यसदिन २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज २६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १८९ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज सबै सूचक राताम्मे बनेको छ ।
४ करोड २५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र तारागाउँ रिजेन्सी होटेल परेका छन् ।
Artha Sanjal






