भाँडा पसल गर्ने निरा पाण्डेको हत्यामा संलग्न अभियुक्त सार्वजनिक

काठमाडौं । काठमाडौंको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विश्वकर्माली ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको प्रहरीले जनाएको छ ।

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *