अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कृषकका खेतखेतमा पुग्ने छ अब कृषि एम्बुलेन्स

  • अर्थ सन्जाल
  • १५ बैशाख २०८०, शुक्रबार २०:४६


दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । साथै पालिकाले वडा नम्बर ८ सिस हनियाँ नयाँ बजारमा तरकारी सङ्कलन तथा बिक्री केन्द्र पनि स्थापना गरेको छ ।

अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । बिघौँबिघा तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारुले बताए । “घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहजभएको छ”, थारुले भने ।

वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिब १८ कट्ठामा विभिन्न जातका तरकारी रोप्नु भएको छ । अहिले उनको खेतबारीमा लौका, काँक्रा, करेला, भिँडी तयारी अवस्थामा छ, राम्रो फलेको छ तर ढुवानी गरेर बजारसम्म लैजान समस्या भएको थियो । कति तरकारी टिपेर घर लिएर राखेको कुहिएको छ भने केहि बजार लगेर बिक्री गरेको उनको भनाइ छ ।

उनका अनुसार आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन्, त्यही भएर मान्छेलाई मजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए अब सजिलो हुने भयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकको समस्यालाई मध्यनजर गर्दै तरकारी सङ्कलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए । “कृषकले उत्पादन गरेका तरकारी सही समयमा बजार नपुग्दा कृषकले व्यहोर्नुपरेको क्षतिलाई हाम्मीले गम्भीर रुपमा लिएका छौँ, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौँ”, अध्यक्ष विष्टले भने।

लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारुले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए। देउखुरीमा भएका चारवटै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सके यहाँका कृषकले लामो समयदेखि ढुवानीमा झेल्दै आएका समस्या समाधान हुने उनले बताए ।

Artha Sanjal
मिती : १५ बैशाख २०८०, शुक्रबार २०:४६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट्यो, ब्याजदर पनि घट्ने (पूर्णपाठ)

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी

मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जाको जोखिमभार घट्यो

भूकम्पले क्षति भएका घर बनाउन सहुलियत ब्याजमा कर्जा दिइने

ताजा समाचार

  1. मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट्यो, ब्याजदर पनि घट्ने (पूर्णपाठ)
  2. ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
  3. मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जाको जोखिमभार घट्यो
  4. भूकम्पले क्षति भएका घर बनाउन सहुलियत ब्याजमा कर्जा दिइने
  5. बढ्यो सुनको भाउ, चाँदीको स्थीर
  6. मौद्रिक नीतिको समीक्षा : नीतिगत दर र बैंक दर घट्यो
  7. कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?

विजनेश फोकस

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.