प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ । प्रतिनिधिसभा नियमावली पारित भएको लामो समयपछि सभाले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको हो । शुक्रबार सभामुख देवराज घिमिरेले विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् ।
यस्ता समितिहरूले अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् ।
कुन समितिमा को-को सांसद ?




