नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal







