सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयरको बिक्री गर्ने भएको छ। बैंकले १८ हजार ३७६ कित्ता संस्थापक सेयर प्रतिकित्ता १३३ र १ हजार ५०९.७५ कित्ता संस्थापक सेयर प्रतिकित्ता १०४ मूल्य अंकित गरी बिक्री गर्ने भएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो सेयर बिक्री गर्ने भएको छ । ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्न बैंकले विद्यमान संस्थापकहरूमा आग्रह गरेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले खरीद नगरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जानकारी  दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *