बाजुरामा लगातार भूकम्पको धक्का

काठमाडौं । बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति राति ११ बजेर ५८ मिनेट र १ बजेर ३० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको र १बजेर ३० मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको छ ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *