नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गरिमा विकास बैंक र अरुण भ्यालीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।
गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनश सेयर वितरण गरेको थियो । उक्त बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ लाख ८३ हजार ६७६ कित्ता बोनश सेयर सूचिकृत भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ८ प्रतिशत बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल