वाणिज्य बैंकहरूको आधारदर (बेस रेट) घटेसँगै कर्जाको ब्याजदर पनि अझ सस्तिने भएको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकहरुको आधारदर घटेको हो ।
सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा अझ घटेको छ । १ वैशाखदेखि लागू हुने कर्जाको ब्याजदर पनि आधारदर घटेको अनुपातमा स्वतः घट्नेछ ।
गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको आधार भने बढेका बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ । बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्दै आएका छन् ।
कुन बैंकको कति ?
बैंकहरूको ०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको आधारदर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ ।
यस्तै, एकल अंकमा आधारदर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंक छन् । नेपाल बैंकको आधारदर ९।९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ ।
यस्तै, चैतमा सबैभन्दा धेरै आधारदर भएको सन्राइजको ११।३४ प्रतिशत छ । माछापुच्छ्रे बैंकको आधारदर ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत छ ।
अर्थ सन्जाल