


कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले थकालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए । उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरे । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरेका थिए ।
थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि राम्रो ज्ञान गरेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल