


अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।
उक्त आईपीओको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल