माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक

काठमाडाैं । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक गरेको छ।

बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘MAYA’ आइकनमार्फत ग्राहकले आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्।

ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘MAYA’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो। नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो प्रविधि ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार ‘MAYA’ को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष र ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्ने लक्ष्यलाई सहयोग पुग्नेछ।

ग्राहकका जिज्ञासालाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार र परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ। ग्राहकबाट प्राप्त हुने सुझाव तथा प्रयोगबाट सिक्दै ‘MAYA’ को शुद्धता, उपयोगिता र सेवा क्षमता भविष्यमा थप विस्तार गरिने बैंकको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *