


काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले टस हारेको छ । टस हारेको नेपालले कतारविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि टुंगो हुनेछ ।
समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह ‘बी’ बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल