


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १३ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०१ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल