


काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ। यस संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्दैछ । त्यसैले, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।
यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले वैशाख ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा धुलिखेललज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
Artha Sanjal

अर्थ सन्जाल