सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणसभा आउँदो जेठ ४ गते विराटनगरको होटेल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।

कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ११ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

सभाले संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *