

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बिहान १०:३० बजे बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो त्यसैले गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । जसमा भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने ४ जनाले थप १–१ कित्ता सेयर हात पारे। सदर आवेदकमध्ये १० लाख ८५ हजार २४८ आवेदकको हात खाली भएको छ।
कम्पनीको आईपीओमा १२ लाख ४४ हजार ३८५ आवेदकबाट कुल १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयर माग भएको थियो । त्यसमध्ये ११ लाख ७८ हजार ७३९ आवेदकबाट परेको १ करोड २६ लाख ३६ हजार ८७० कित्ता सेयर सदर भयो ६५ हजार ६४६ आवेदकबाट परेको १० लाख ८३ हजार १६० कित्ता सेयर रद्द भएको भयो ।
कम्पनीले गत वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको थियो।
त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको यिथो। बाँकी ९ लाख ३४ हजार ९१४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएको हेर्न सकिन्छ।

अर्थ सन्जाल