यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.२७ अंकले बढेर ३६३.६५ बिन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये २६४ कम्पनीका २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७१ रुपैयाँमा कारोबार भएका छन्। आज शिवम सिमेन्टको सर्वाधिक ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

कालिञ्चोक दर्शन, नबिल बैंक, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रोपावर, आँखुखोला जलविद्युत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटेल, सूर्योदय वोमी लघुवित्तको र एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *