चितवन २ अपडेट : लामिछानेको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा अग्रता बढी

चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । लामिछानेको अग्रता गन्न बाँकी रहेको मतभन्दा धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् । त्यसैगरी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *