बारा-२ मा जसपाका यादवकाे अग्रता कायमै, २९ सय मत कटाए

बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिद्वन्द्वीहरुसँग मतान्तर बढाउँदै लगेका छन् ।

सुरूवातमा अग्रता बनाएका यादवलाई केही समयपछि जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । पछाडि पारेका यादवले पछिल्लो पटक लिएको अग्रता कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले २ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । कुशवाहले २ हजार ३०४ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १००४ मत ल्याएका छन् । रास्वपाका रमेश खरेलको ४०९ मत आएको छ । मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *