तनहुँ–१ मा स्वार्णिम वाग्लेकाे अग्रता कायमै,२३ हजार मत कटाए

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले मतगणनाको सुरुवातदेखि नै लिएका अग्रता कायमै राखेका छन् । उनले अग्रता थप बढाउने क्रममा २३ हजार ९६६ मत पाएका छन् ।

वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत ल्याएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ७९५ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *