उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उधोग क्षेत्रले वातावरणमा पारेको न्यूनीकरण सम्बन्धमा छलफल गरेकाे छ । आइतबार मन्त्रालयमा भएकाे छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरुमा उधोग क्षेत्रबाट पर्न सक्ने असर न्यूनीकणका बिषयहरुलाई समावेश गर्नु पर्ने मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले बएका थिए ।
त्यसैगरी EIA/IEE स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिवेदनमा उल्लेखित Mitigation Measures पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने बिषयमा पनि छलफल भएको थियो । त्यस्तै मन्त्रालयले पर्साको सिर्सिया नदीमा प्रदुषण नियन्त्रणका लागि परियोजना संचालन गर्ने बिषयमा पनि छलफल भएको थियो ।
छलफलमा उपस्थित उधोगीहरुले उधोगमा देखिएको विभिन्न समस्याहरुको बारेमा मन्त्री रिजाललाई जानकारी गराएका थिए । मन्त्री रिजालले आफु उधोगीहरुकै पक्षमा रहेको भन्दै समस्या समाधानका लागि हर प्रायस गर्ने बताए ।
अर्थ सन्जाल