त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण रोकिएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण हवाई सेवा अवरुद्ध भएको छ ।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान–अवतरण बन्द भएको हो । कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *