अर्थ सन्जाल
२३ मंसिर २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२३ मंसिर २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ: प्राधिकरण

  • अर्थ सन्जाल
  • १० बैशाख २०८०, आईतवार १६:५३


बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ ।

झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ ।

यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् ।

प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भने, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।”

धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उनले भने, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।”

बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो । यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ । तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ ।

यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन् । औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ । त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ ।

तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ । अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २÷३ बजेसम्म बिजुली नपठाउने गरेको छ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उनको भनाइ छ ।

आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा– ढल्केबर– इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ । सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ । यस्तै, हेटौँडा– भरतपुर– बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ । सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ ।

उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

“प्रि–मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ । तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन”, कार्यकारी निर्देशक घिसिङले भने । प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो । केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उनको भनाइ छ ।

“कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भन्नुभयो । प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो ।

अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ । उनले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिए । हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ । रासस

Artha Sanjal
मिती : १० बैशाख २०८०, आईतवार १६:५३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स

जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ताजा समाचार

  1. जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
  2. रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
  3. बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स
  4. जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
  5. २०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ कार बजारमा आउने, मूल्य पनि घट्ने
  6. यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
  7. टिकटकमा प्रतिबन्ध लगाएपछि फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

विजनेश फोकस

२०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ क...

सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना ...

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.