

सिद्धार्थ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज वैशाख १० गते अन्तिम दिन रहेको छ । क्यापिटलले चैत्र २६ गतेबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिकी खुला गरेको हो ।
क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।
Artha Sanjal

अर्थ सन्जाल