

नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुनकाे मूल्यमा ९०० रुपैयाँ र तेजाबी सुनकाे मूल्यमा ८५० रुपैयाँले घटेको हो। योसँगै आज छापावाला सुन प्रतितितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यो दिन छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमा किनबचे भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल