वर्तमान राज्य व्यवस्था असफल भइसक्यो : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सनिवार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम भएकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताएका हुन् ।

उनले नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाल र त्यसका लागि बहसमा जुट्न कम्युनिष्ट पार्टीलाई आग्रह गरेका छन् । जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीसँग खुला बहस गर्न चाहेको समेत चन्दले बताए। साथै उनले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सुरुवात कांग्रेसले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

आजको संसदीय व्यवस्थाले नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित बनाएको भन्दै उनले अब नयाँ ढङ्गबाट बहस गर्न जरुरी रहेको बताए। जनतालाई स्वाधिन बनाउनु छ भने जनताको सत्ताबाहेक अरुबाट सम्भव नभएको उनको भनाई छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *