३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले केन्द्रीय सरकारले आफुहरुलाई सहयोग नगरेको भन्दै गत चैत २६ गतेबाट सिंहदरबारको फोहोर नउठाउन मातहतलाई निर्देशन दिएका थिए । त्यसयता सिंहदरबारको फोहोर उठेको छैन ।

मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रबार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् ।

सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।

1

२

Leave a Reply

Your email address will not be published. Required fields are marked *